लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह
शुक्रबार, ११ वैशाख २०८३, १४ : २२
काठमाडौँ । निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् ।
नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती तीन संस्थाले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजना उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउने गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।
लगानीकर्ताको मनवल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकास प्रभावित हुनाका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई सङ्कटतर्फ धकेल्ने जोखिम विज्ञप्ति औँल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण