सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ड्रोनबाट हेर्नुस् मनोहरा सुकुमबासी बस्ती

शुक्रबार, ११ वैशाख २०८३, १६ : ५७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेको छ।
  • प्रहरीले सूचना जारी गर्दै शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएको छ।
  • शनिबार बिहानैदेखि मनोहरा, थापाथली र गैरीगाउँमा डोजर चलाउने तयारी गरिएको छ।

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै मनोहरा क्षेत्रसँगै थापाथली गैरीगाउँको सुकुमबासी बस्तीमा अहिले कतिपयले आफ्नो सामान सारिरहेका छन् भने कतिपय आन्दोलनमा उत्रिएका छन्। 

manohara sukumbasi basti (1)

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। 

manohara sukumbasi basti (2)

सुकुमबासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी रहने र शनिबार बिहानैदेखि मनोहरा क्षेत्रसँगै थापाथली, गैरीगाउँमा डोजर चलाउने तयारी गरिएको जनाइएको छ। ड्रोनबाट देखिएको मनोहरा सुकुमबासी बस्ती।

manohara sukumbasi basti (3)manohara sukumbasi basti (4)manohara sukumbasi basti (5)manohara sukumbasi basti (6)manohara sukumbasi basti (8)manohara sukumbasi basti (9)manohara sukumbasi basti (10)manohara sukumbasi basti (11)manohara sukumbasi basti (12)

तस्बिर: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप