विद्युत् प्राधिकरणले सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने
सारांश
- नेपाल विद्युत् प्राधिकरणले आफ्नो सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन युवा इन्जिनियरहरूसँग विशेष विचार मन्थन कार्यक्रम आयोजना गरेको छ।
- प्राधिकरणले चुस्त सेवा, दुरुस्त व्यवस्थापन र विश्वसनीय प्रसारणको लक्ष्यसहित स्मार्ट ग्रिड प्रविधिमा जोड दिएको छ।
- छलफलबाट प्राप्त निष्कर्षहरूलाई कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ ।
प्राधिकरणले आफ्नो सेवालाई नवीनतम विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुवातका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा यस्तो कार्यक्रमको सुरुवात गरिएको हो । प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुवातसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ ।
‘कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्व जानकारी दिइएको थिएन,’ कार्यकारी निर्देशक शाक्यले कार्यक्रमबारे भने, ‘अध्ययनको समय नै नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो। यसले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम योजनाबारे सोच्न बल पुर्याउने हामीले अपेक्षा गरेका छौँ ।’
प्राधिकरणले दिएको जानकारी अनुसार छलफल मुख्य गरेर तीन वटा स्तम्भमा केन्द्रित गरिएको थियो । ‘चुस्त सेवा अर्थात प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, दुरुस्त व्यवस्थापन अर्थात डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रोचाहिँ विश्वसनीय प्रसारण अर्थात ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने कुरामा केन्द्रित भएका थियौँ,’ उनले भने, ‘हामीसँग भएका ऊर्जावान युवा इन्जिनियरहरू नै प्राधिकरणको भविष्य हुन्। उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्यअनुसार यो कार्यक्रमको थालनी गरेका हौँ । सुरुवातमै हामी आशावादी भएका छौँ ।’ प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम थालनी गरेको समेत जानकारी दिएको छ ।
छलफलबाट निस्किएका निष्कर्षहरूलाई छिट्टै कार्य योजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ । यसले ग्राहकहरूलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्यसम्पादनमा समेत एउटा ठुलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ ।
पहिलो कार्यक्रममै प्रविधिमैत्री इन्जिनियरहरूको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले यसलाई सफलताको सुरुवात भनेको छ । यसले नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्ड अनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ ।
छलफलले विद्युत् सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण