बेपत्ता युवकको शव फेला
काठमाडाैँ। डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवकको चार दिनपछि शव फेला परेको छ।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही ठाउँमा रहेको क्रसर उद्योगमा काम गर्दै आएका २२ वर्षीय दीपक बोहराको शव आज फेला परेको हो ।
शुक्रबार बिहान जिल्लाको के आईसिँह गाउँपालिका वडा नम्बर ५ स्थित सेती नदिको बिच भागमा मृत अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
सशस्त्र प्रहरीको ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीबाट खटिएको गोता खोर टिमले शवलाई निकालेको हो। सेती नदिमा बगेर बेपत्ता रहेका उनको खोजी कार्यमा सशस्त्र प्रहरी बल ३६ नं। गण जोगीडाब्रेवाट विपद् उद्धार टिम,नेपाल प्रहरी लगायतकाले खोजी कार्य गरेका थिए।
मृतक बोहरा सिएबी दुनिला क्रसर उद्योगमा कार्यरत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण