पश्चिम नवलपरासीमा व्यावसायिक मेवा खेती सुरु
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवा खेतीबाट प्रशस्त आम्दानी हुने गरेको छ । सुस्ता गाउँपालिका–३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवा खेती सुरु गरी हालसम्म रु तीन लाख आम्दानी गरेका हुन् ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अर्ग्यानिक मेवा खेती गर्न थालेको उनले बताए । उनले भने, “कोरियाबाट मेवा खेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”
करिब रु दुई लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म रु तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिए । नारायणी नदीको नजिक मेवा खेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष रु सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।
उनका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो रु ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् । “रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ”, सहानीले भने ।
जिल्लामा एक जनाले मात्र व्यावसायिक रूपमा मेवा खेती गरेका बर्दघाट सुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । मेवा खेतीसम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरू किसानले मेवाखेतीमा रुचि नदेखाएका उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनविरुद्ध नायक बनेका केप भर्डेका ४० वर्षीय गोलरक्षक
-
सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण