अन्तिम समयमा सम्हालिन नसक्दा रियल बेटिससँग बराबरीमा रोकियो रियल म्याड्रिड
शनिबार, १२ वैशाख २०८३, ०४ : १८
सारांश
- स्पेनिस ला लिगामा रियल म्याड्रिड र रियल बेटिसले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
- खेलको १७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए।
- इन्जुरी समयमा रियल बेटिसका हेक्टर बेलेरिनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन्।
काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल म्याड्रिड र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको सुरुवाती समयमा रियल म्याड्रिडले अग्रता लिएको थियो । म्याड्रिडका लागि खेलको १७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । रियल म्याड्रिड जिततर्फ नजिकिए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।
रियल बेटिसका लागि खेलको इन्जुरी समयमा हेक्टर बेलेरिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र टोलीलाई हारबाट जोगाए ।
यो बराबरीपछि लिग तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक पुगेको छ । समान ३३ खेल नै खेलेको रियल बेटिसको भने ५० अंक भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण