शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘रोल नं १’को गीत टाइटल गीत सार्वजनिक

शनिबार, १२ वैशाख २०८३, ०९ : २६
शनिबार, १२ वैशाख २०८३

सारांश

  • फिल्म 'रोल नं १'को टाइटल गीत सार्वजनिक गरिएको छ ।
  • यो गीतले नेपाली शिक्षा प्रणाली र बालबालिकाले भोग्ने दबाबलाई मुख्य विषय बनाएको छ ।
  • जेठ १५ गतेबाट फिल्म नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।

काठमाडौँ । फिल्म ‘रोल नं १’को गीत टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मकाे गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।

सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ । जसमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ । गीतका शब्दहरूले 'अरू सबै मूर्ख, एउटै मात्र विद्वान' भन्दै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि कडा प्रहार गरेको छ ।

गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ । ‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको विनोद पौडेल निर्मित फिल्म ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

फिल्मलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो फिल्मको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप