बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नेपाल–बगंलादेशको आर्थिक सम्भावनाबारे छलफल

शनिबार, १२ वैशाख २०८३, १३ : ०६
शनिबार, १२ वैशाख २०८३

सारांश

  • बगंलादेशस्थित नेपाली दूतावासले नेपाल र बगंलादेशबिचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको छ।
  • राजदूत घनश्याम भण्डारीले दुई देशबिचको व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनका क्षेत्रमा सहकार्यको महत्त्वबारे चर्चा गरेका छन्।

काठमाडौँ । बगंलादेशस्थित नेपाली दूतावासले नेपाल र बगंलादेशबिचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल गरेको छ ।

नेपाली दूतावासले शुक्रबार आयोजना गरेको ‘नेपाल–बंगलादेश सम्बन्धः आर्थिक सहयोग अभिवृद्धि’ विषयक कार्यक्रममा त्यसरी छलफल गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बगंलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले दुई देशबिच रहेको व्यापार, पारवहन (ट्रान्जिट), ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनका क्षेत्रमा रहेका सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

दुई देशबीचको आर्थिक साझेदारीलाई मजबुत बनाउन व्यवसायीहरूबिच सम्बन्ध कसिलो हुनुपर्नेमा जोड दिँदै उनले नेपाल र बगंलादेशको निजी क्षेत्रको सहकार्य प्रवर्द्धनमा बगंलादेशी व्यवसायीहरूको योगदानको प्रशंसा गरेका नेपाली दूतावासले जनाएको छ ।

राजदूतावासकी प्रथम सचिव योजना बमजनले दुई देशबिच आर्थिक सहयोगका मुख्य क्षेत्रहरू समेटिएको प्रस्तुति दिएकी थिइन् । उनले विशेषगरी व्यापार, कनेक्टिभिटी, ऊर्जा र पर्यटनका क्षेत्रहरूमा भएका प्रगति र आगामी सहकार्यका सम्भावनाहरूबारे चर्चा गरेकी थिइन् ।

अन्तरक्रियामा सहभागीहरूले नेपाल–बगंलादेश आर्थिक साझेदारीलाई अझ अगाडि बढाउने उपायबारे धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप