दिप्ता श्रेष्ठ र साराना केसी बने ‘जुनियर स्कुल प्रिन्सेस २०२६’ का विजेता
काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित 'जुनियर स्कुल प्रिन्सेस २०२६ – सिजन ११' भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो ।
जुनियर समूहतर्फ अक्षरा स्कुलमा अध्ययनरत छात्रा दिप्ता श्रेष्ठ विजेता घोषित भइन् । यसै समूहमा स्वस्तीश्री गुरुकुलकी साम्रगी श्रेष्ठ फर्स्ट रनरअप र लिटिल एन्जल्स स्कुलकी आयुना चन्द सेकेन्ड रनरअप बन्न सफल भइन् ।
त्यसैगरी सिनियर समूहतर्फ स्वस्तीश्री गुरुकुलकी छात्रा साराना केसी विजेता भइन् । सोही विद्यालयकी इता चेन राजभण्डारी फर्स्ट रनरअप तथा भ्याली भ्यू बोर्डिङ स्कुलकी खुसी राई सेकेन्ड रनरअप घोषित भइन् ।
_lwpgx6SNH0.jpg)
प्रतियोगितामा विभिन्न विधागत शीर्षकहरू पनि प्रदान गरिएको थियो । अर्गनाइजर च्वाइसतर्फ जुनियरबाट श्रृष्टि लामा र सिनियरबाट एसल खनाल चयन भए । मिस पर्सनालिटीमा इता चेन राजभण्डारी र दिप्ता श्रेष्ठ, मोस्ट ट्यालेन्टमा निभानी अधिकारी र आरुना चन्द, मिस फ्रेन्डलीमा प्राप्ति सुनार र केकसा श्रेष्ठ, तथा मिस कन्फिडेन्टमा श्रीमई कोइराला र नितिशा अग्रवाल विजेता बने ।
_X1twFjP0Bf.jpg)
त्यस्तै मिस फोटोजेनिकमा सहिसा पाण्डे र अग्रता ढकाल, मिस भ्युअर्स च्वाइसमा खुसी राई र मेगन मोक्तान, तथा मिस पपुलरमा साराना केसी र सामग्री श्रेष्ठ सम्मानित भए । सिनियर समूहमा मात्र प्रदान गरिएका शीर्षकहरूअन्तर्गत मिस क्रिएटिभ रिन्चेन शेर्पा र बेस्ट वाक श्रीताजा पुरीले हात पारिन् ।
कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त माननीय रामप्रसाद भण्डारी तथा विशेष अतिथि नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष उर्मिला श्रेष्ठको गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा जसमा एसईई प्रिन्सेस प्राश्ना श्रेष्ठ, जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्विन नेपाल विजेता वर्षा कुँवर, गेटकलेजका प्रिन्सिपल किरण कुमार श्रेष्ठ, भक्ति इन्टरनेसनल स्कुलका नवराज भट्ट, कोरोना स्कुलकी भाइस प्रिन्सिपल रोसनी साही ठकुरी तथा मुख्य निर्णायकका रूपमा अमेरिका निवासी व्यवसायी तथा कलाकार अन्सुया श्रेष्ठ वन्त रहेका थिए ।
विजेताहरूलाई साइकल उपहार प्रदान गरिएको थियो भने प्रायोजक चोको फनको तर्फबाट सबै प्रतियोगीहरूलाई आकर्षक उपहार वितरण गरिएको आयोजकले जनाएको छ ।
_5u3MKLGcCI.jpg)
सिजन मिडियाद्वारा आयोजना गरिएको यस प्रतियोगिताले बाल प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यका सात विगत ११ वर्षदेखि नियमित रूपमा गर्दै आइरहेको हो ।
_2EtfbG42zJ.jpg)
_ojwfW9ngET.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण