३७ रनले हराउँदै यूएईविरुद्ध नेपालको महत्त्वपूर्ण जित
सारांश
- आईसीसी विश्व कप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ।
- दीपेन्द्र सिंह ऐरीको ७५ रन र करण केसीको ४ विकेटको मद्दतले नेपालले महत्त्वपूर्ण जित हासिल गरेको हो।
- यस जितसँगै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने आशा बलियो बनाएको छ।
काठमाडौँ । आईसीसी विश्व कप लिग २ अन्तर्गत आज भएको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको छ ।
यो जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन शीर्ष ६ मा पर्ने आशा बलियो बनाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २०२ रनमा अलआउट भएको थियो । नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रनको योगदान दिएका थिए । उनले ९० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । यद्यपि, उनलाई अन्य ब्याटरबाट गतिलो साथ मिल्न सकेन ।
नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेलले २४ रन बनाए भने करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडेका थिए। भीम सार्कीले १० रन बनाएर आउट हुँदा, ओपनर आशिफ शेख ७ र कप्तान रोहित पौडेल मात्र २ रनमा पेभेलियन फर्किएका थिए ।
यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले सानदार बलिङ गर्दै समान ३–३ विकेट लिएका थिए ।
२०३ रनको लक्ष्य पछ्याएको यूएई पनि नेपालझैँ ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटिएपछि नेपालले ३७ रनको जित दर्ता गर्यो । यूएईका हरमित सिंहले सर्वाधिक ३९ रन बनाए भने मोहम्मद वासिमले ३४ तथा अक्षदीप नाथले ३० रन जोडे ।
नेपालको जितमा बलरहरूले महत्त्वपूर्ण भूमिका खेले । करण केसीले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले २ विकेट हात पारे भने दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललित राजवंशीले समान १–१ विकेट लिए । दुई ओभर बलिङ गरेका कप्तान रोहित पौडेलले भने विकेट लिन सकेनन् ।
आजको यो जितले नेपाललाई आईसीसी विश्व कप लिग २ को तालिकामा महत्त्वपूर्ण अंक दिलाएको छ । अब नेपालले २१ खेलमा ६ जित, १३ हार र २ खेल नतिजाविहीन रहँदै १४ अंक बनाएको छ । समान २१ खेल खेलेको यूएई भने १५ हारसहित १० अंकका साथ आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण