समाचार
मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा
शनिबार, १२ वैशाख २०८३, १९ : ५२
काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् ।
शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ । ‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा रहेका एक नगर प्रहरीले जानकारी दिए ।
यसैबिच मनोहरामा रहेको सुकुमबासी बस्तीमा रिपोर्टिङका क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीयबासीले आक्रमण गरेका हुन् । उनलाई सामान्य चोट लागेको छ ।
यसअघि काठमाडौँका दुई स्थानका सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्वक खाली गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण