शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरू)

आइतबार, १३ वैशाख २०८३, ०८ : १५
आइतबार, १३ वैशाख २०८३

सारांश

  • भक्तपुरको मनोहरा नदी किनारमा रहेको अतिक्रमित सुकुमबासी बस्ती हटाउन आज डोजर चलाइँदै छ।
  • बस्ती खाली गराउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएको छ । यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

manohara suraksha (5)

मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ । 

manohara suraksha (2)manohara suraksha (3)manohara suraksha (4)manohara suraksha (6)manohara suraksha (7)manohara suraksha (8)manohara suraksha (9)manohara suraksha (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप