अदालत
बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश
मङ्गलबार, १२ साउन २०८३, १८ : ४४
सारांश
- जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।
- न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रको कसुरमा २५ लाख धरौटी माग गर्ने आदेश दिएको छ ।
- गोल्छाले बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट पाएका छन् ।
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौँले मंगलबार थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश भएको छ । त्यस्तै, धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ ।
गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका छन्। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ मा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण