'सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्छ'
सारांश
- आम जनता पार्टी पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालका चिकित्सकमाथि भएको कुटपिट, चिकित्सकमाथिको प्रहरी दुव्र्यवहार र स्वास्थ्य सेवा ठप्प भएको विषयमा ध्यानाकर्षण गराएको छ ।
- पार्टीले सुनसरीको घटना सेलाउन नपाउँदै पर्सामा चिकित्सकमाथि कुटपिट र उपरीक्षकबाट भएको दुव्र्यवहारको घटनालाई खेदजनक भनेको छ ।
- पार्टीले यी घटनाहरुको पूर्ण जिम्मेवारी लिन, दोषीमाथि कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौं । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा देशभरका महत्वपूर्ण अस्पतालमा अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा ठप्प भएको विषयप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ ।
आजपा पर्साको तर्फबाट इन्चार्ज रन्जु कुमारी साहले आज एक विज्ञप्ति निकाल्दै उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र उक्त घटनाको विरोधमा उत्रिएका चिकित्सकहरुमाथि उल्टै प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार, ६५ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएको कारण काठमाडौंका वीर अस्पताल, कान्ति बाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा ओपिडीलगायतका अत्यावश्यक स्वास्थ्य सेवा ठप्प भएकोप्रति ध्यानाकार्षण भएको जनाएकी हुन् ।
सुनसरी जिल्लाको देवानगञ्ज–३ को कप्तानगञ्जमा भएको विवादपछि सुरक्षा निकायले गरेको गैरजिम्मेवारपूर्ण गोलीकाण्डले सुनसरी र मोरङको विराटनगर क्षेत्रमा अशान्ति फैलिरहेकै अवस्थामा पर्सामा यो अर्को दुःखद् घटना घटेको उनको भनाइ छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'सुनसरीको घटना सेलाउन नपाउँदै पर्सामा आफ्नो कार्यक्षेत्रमा खटिएका चिकित्सकमाथि कुटपिट हुनु र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको वार्ताकै क्रममा पर्साका उपरीक्षकले आन्दोलनरत चिकित्सकहरुलाई धक्कामुक्का तथा दुव्यर्वहार गर्नु अत्यन्तै खेदजनक छ । प्रहरी प्रमुखबाटै भएको यस किसिमको दुव्र्यवहारपछि आक्रोशित बनेका चिकित्सकहरु सामूहिक राजीनामा दिन बाध्य भएका हुन् भन्ने प्रकाशमा आएको छ । सरकार र सुरक्षा निकायका पदाधिकारीहरुलाई आम नागरिक र पेशाकर्मीप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दछु ।'
इन्चार्ज साहले यी श्रृंखलावद्ध घटनाहरुले नेपाल सरकार र मातहतका सुरक्षा निकायहरु आम नागरिक तथा पेशाकर्मीहरुप्रति असहिष्णु र आक्रामक बन्दै सर्वसाधारणमा त्रास सिर्जना गर्न उद्धत रहेको टिप्पणी गरेकी छिन् । सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्ने पनि उनको माग छ ।
उनले यी घटनाहरुको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कडा कारबाही गर्न, आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न र अत्यावश्यक स्वास्थ्यसेवा तत्काल सुचारु गर्न पनि सरकारसमक्ष जोडदार माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण