सुनको मूल्य वृद्धि, आज प्रतितोला २ लाख ९९ हजार नाघ्यो
आइतबार, १३ वैशाख २०८३, ११ : ०३
सारांश
- नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला २ हजार ७ सय रुपैयाँको वृद्धि भएको छ।
- छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भई प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ।
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।
महासंघले आज का लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुईदिने बिदा कसका लागि ?
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण