बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

विपिन आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’

आइतबार, १३ वैशाख २०८३, ११ : ३०
आइतबार, १३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माणमा नागरिक सहभागिता बढाउन 'विधेयक प्रयोगशाला' सञ्चालनमा ल्याएका छन्।
  • विपिन आचार्य डट कममार्फत संसदमा दर्ता भएका विधेयकहरूमाथि नागरिक र विज्ञहरूले प्रत्यक्ष रूपमा आफ्ना सुझाव तथा संशोधन प्रस्ताव राख्न सक्नेछन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् । 

आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव सङ्कलन गर्ने उद्देश्यले  ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका उनले विपिन आचार्य।कम मार्फत संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।

सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद्, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ । 

बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता उनले औँल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप