ला लिगा
सेल्टा भिगोलाई हराउँदै भिल्लारियल विजयी
सोमबार, १४ वैशाख २०८३, ०४ : ३०
सारांश
- स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले सेल्टा भिगोलाई २-१ गोलले पराजित गरेको छ ।
- भिल्लारियलका लागि जेरार्ड मोरेनो र निकोलस पेपेले गोल गरे भने सेल्टा भिगोका लागि बोर्जा इग्लेसियासले पेनाल्टीमार्फत एक गोल फर्काए ।
- यो जितसँगै भिल्लारियलको ३३ खेलबाट ६५ अंक पुगेको छ ।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा भिल्लारियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
भिल्लारियलको जितमा जेरार्ड मोरेनो र निकोलस पेपेले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमै मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २९औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सेल्टा भिगोले एक गोल फर्कायो । खेलको ७३औँ मिनेटमा बोर्जा इग्लेसियासले पेनाल्टीमार्फत गोल गरे पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
यो जितसँगै भिल्लारियलको ३३ खेलबाट ६५ अंक पुगेको छ । पराजित सेल्टा भिगोले खेलमा फर्कने प्रयास गरे पनि भिल्लारियलको रक्षापंक्ति तोड्न नसक्दा अंक गुमाउन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण