दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
कैलाली । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।
अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताए । “हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,” उनले भने, “यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ ।” प्रतियोगिताको उपाधि जित्ने टोलीले रु दुई लाख दुई हजार २२२ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु १० हजार ५०० प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष दीपक रिमालले जानकारी दिए ।
उनका अनुसार महिला फुटबलको हकमा ठूलो राशिको पहिलो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण