मन्त्रिपरिषद् बैठक
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
सोमबार, १४ वैशाख २०८३, १९ : ३०
सारांश
- सरकारले सशस्त्र प्रहरी महानिरीक्षक पदमा एआइजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
- सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बलका हालका आईजी राजु अर्याल वैशाख १८ मा अवकाशमा जान लागेका छन् । अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।
आईजीको प्रतिस्पर्धामा एआईजीहरु नारायणदत्त पौडेलसँगै वंशीराज दाहाल पनि थिए । नारायण दत्त पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए । दाहाल २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए ।
पौडेल वरीयतामा पहिलो नम्बरमा रहेकामा उनलाई नै सरकारले नियुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण