सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संविधान र कानुनविद्सँग ‘संविधान संशोधन बहसपत्र कार्यदल’ को छलफल

सोमबार, १४ वैशाख २०८३, १६ : १२
सोमबार, १४ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले संविधानविद् र कानुनविद्हरूसँग छलफल थालेको छ।
  • सिंहदरबारमा जारी छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • कार्यदलले यसअघि दलहरूसँग लिखित सुझाव मागे पनि दुई दलबाहेक अन्य दलले सुझाव दिएका छैनन्।

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले संविधानविद् र कानुनविद्हरूसँग छलफल थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो ३ बजेदेखि जारी छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

यसअघि कार्यदलले दलहरूसँग संविधान संशोधनका लागि लिखित सुझाव मागेको थियो । तर दुई दलबाहेक अन्य दलले सुझाव दिएका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप