‘डाल्डा घिउ’ १० केजीभन्दा कम तौलका प्याकेट प्रतिबन्धित, १५ दिनभित्र फिर्ता गर्न निर्देशन
सारांश
- सरकारले 'डाल्ला घिउ' जस्तै बेकरीजन्य वस्तुहरूमा प्रयोग हुने बेकरी सर्टेनिङ्गको १० केजीभन्दा कम तौलका प्याकेटमा उत्पादन, प्याकेजिङ्ग र बिक्री वितरणमा रोक लगाएको छ ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यसअघि बजारमा पठाइएका १० केजीभन्दा कम तौलका प्याकहरू १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
- यो निर्देशन उल्लङ्घन गर्नेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
काठमाडौँ । सरकारले बेकरीजन्य वस्तुहरूमा प्रयोग हुने ‘बेकरी सर्टेनिङ्ग’को उत्पादन, प्याकेजिङ्ग र बिक्री वितरणमा नयाँ नियम लागू गरेको छ । बेकरी सर्टेनिङ्ग भन्नाले बजारमा प्रयोग हुने ‘डाल्डा घिउ’ जस्तै पदार्थ हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साेमबार एक सूचना जारी गर्दै १० किलोग्राम भन्दा कम तौलका प्याकमा बेकरी सर्टेनिङ्ग उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको हो ।
विभागको निर्णयानुसार अबदेखि कुनै पनि उद्योगले १० केजीभन्दा कम तौलका प्याकहरूमा बेकरी सर्टेनिङ्ग उत्पादन, प्याकेजिङ्ग वा बिक्री वितरण गर्न पाउने छैनन् । यस निर्णयको पालना गर्न विभागले सम्बन्धित सबै उद्योगी तथा व्यवसायीहरूलाई सूचित गरेको छ ।
बजारबाट फिर्ता गर्न १५ दिने समयसीमा
यसअघि नै बजारमा पठाइएका १० केजीभन्दा कम तौलका बेकरी सर्टेनिङ्गका प्याकहरू फिर्ता गर्न विभागले कडा निर्देशन दिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र त्यस्ता उत्पादनहरू बजारबाट फिर्ता गरी सोको जानकारी विभाग वा उद्योग रहेको क्षेत्रको मातहतको कार्यालयमा गराउनुपर्नेछ ।
विभागले जारी गरेको यो निर्देशन उल्लङ्घन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ । सूचनामा भनिएको छ, यस सूचनाको बर्खिलाप हुने गरी कसैले बेकरी सर्टेनिङ्गको उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेछ।
किन गरियो यस्तो निर्णय ?
सामान्यतया बेकरी सर्टेनिङ्ग औद्योगिक प्रयोजनका लागि प्रयोग हुने वस्तु हो । साना प्याकहरूमा उपलब्ध हुँदा यसको घरायसी प्रयोग बढ्न सक्ने र यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने जोखिमलाई ध्यानमा राखेर वा औद्योगिक मापदण्ड कार्यान्वयन गर्न यो कदम चालिएको हुनसक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुईदिने बिदा कसका लागि ?
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण