लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनको घुइँचो
सारांश
- ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको रथ पूजाका लागि बिहानैदेखि भक्तजनहरूको ठुलो भीड लागेको छ ।
- रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवता मानिन्छ र उनको रथयात्रालाई वर्षा र सहकालको पर्वको रूपमा मनाइन्छ ।
- लगनखेलको रथ पूजाले नेपालको प्राचीन संस्कृति, धार्मिक सद्भाव र सामाजिक एकतालाई झल्काउँछ ।
ललितपुर । ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनहरूको ठुलो घुइँचो लागेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्राको एक महत्त्वपूर्ण चरणको रूपमा रहेको लगनखेलमा आज हुने ‘रथ पूजा’ का लागि बिहानैदेखि भक्तजनहरूको ठुलो भीड देखिएको हो ।
रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा भेला भएका छन् । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पुजिन्छ । नेपाल उपत्यकाको जीवन्त संस्कृतिमा मत्स्येन्द्रनाथको रथयात्राको स्थान निकै उच्च छ । किंवदन्ती अनुसार परापूर्व कालमा कान्तिपुरमा भीषण खडेरी परी जनताले निकै कष्ट भोग्नुपरेको थियो ।
त्यसबेला भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक बन्धुदत्तले भारतको कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याएका थिए । उनको आगमनसँगै काठमाडौँ उपत्यकामा पर्याप्त वर्षा भएको र खडेरी हटेको विश्वास रहिआएको छ । त्यसैले, उनको रथयात्रालाई ‘वर्षा र सहकालको पर्व’ का रूपमा मनाइन्छ ।
लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक र सांस्कृतिक महत्त्व छुट्टै छ । यहाँ रथ पुग्दा हुने पूजा र यहाँको चार नारायण मन्दिरसँगको परम्परागत सम्बन्धले नेपालको प्राचीन संस्कृति र धार्मिक सद्भावलाई झल्काउँछ । यो उत्सव केवल धार्मिक समारोह मात्र नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीक पनि बनेको छ । सोमवार राति लगनखेलमा रातो मत्स्येन्द्रनाथलाई राँँगा, बोका, हाँसको अण्डाको बली दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण