रातो मत्स्येन्द्रनाथ: आज साँझ नरिवल खसाल्ने जात्रा
बुधबार, १६ वैशाख २०८३, ०९ : २३
सारांश
- वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको लगनखेलस्थित ठटीटोलमा पुर्याइएको छ ।
- रथ ठटीटोल पुगेसँगै आज साँझ प्रसिद्ध 'नरिवल खसाल्ने जात्रा' सम्पन्न गरिने कार्यक्रम छ ।
- नरिवल खसाल्ने जात्रापछि रातो मत्स्येन्द्रनाथको जात्रा विधिवत् रूपमा अगाडि बढ्नेछ ।
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पुर्याएका हुन् ।
रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग)बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठुलो उपस्थिति रहने गर्दछ ।
आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत् रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र महत्त्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण