‘काउकुती’ बनाउँदै रेखा
सारांश
- अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’को घोषणा गरेकी छन् ।
- यो फिल्म रेखाको ब्यानरको आठौं फिल्म हुनेछ र यसको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन् ।
- फिल्ममा रेखाको मुख्य अभिनय रहनेछ भने नवअभिनेतालाई मुख्य अभिनेताको रूपमा भित्र्याइनेछ ।
काठमाडौँ । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ घोषणा गरेकी छिन् । गत सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैँची धाम (हिन्दु सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेर नयाँ कामको सुरुवात भन्दै रेखाले फिल्मको औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औं फिल्मको रूपमा रहनेछ ।
फिल्मलाई श्रद्धा प्रसाईँले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको चर्चित कमेडी शो ‘कमेडी दरबार’की निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म ‘ककाकिकी’ प्रदर्शन तयारीमा छ ।
फिल्ममा रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ । फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । फिल्ममा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।
आगामी असोजमा छायाङ्कनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको एउटा गीत चर्चित र्यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण