कांग्रेस रामेछाप सभापतिबाट कान्छाराम तामाङ निलम्बित
सारांश
- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ।
- पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तामाङलाई निलम्बन गरिएको हो।
- निलम्बनमा परेसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न पाउने छैनन्।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ।
पार्टी नेतृत्वका विरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । अनुशासन उल्लङ्घनको कसुरमा वैशाख ७ गते सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नदेखिएको समितिको ठहर छ ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएको र यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई पदमा राखिराख्दा अनुसन्धान प्रभावित हुने निष्कर्ष निकालेको छ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ बमोजिम उनलाई आजैका मितिदेखि लागू हुने गरी मुद्दाको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
निलम्बनमा परेसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न पाउने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण