राजनीति
पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार, १६ वैशाख २०८३, १५ : ५७
सारांश
- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राखेको छ।
- समितिले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।
- सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै समितिले निर्णय प्रक्रियालाई तामेलीमा राखेको हो।
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।
यसअघि वैशाख २ गतेको निर्णयानुसार खड्कालाई स्पष्टीकरण सोधिएको थियो। तर, वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै समितिले सो निर्णय प्रक्रियालाई हालका लागि तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण