मोरङ र झापामा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी, सतर्क रहन आग्रह
विराटनगर । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी प्रदेशका मोरङ, झापासहित आसपासका जिल्लाहरूमा बुधबार अपराह्नदेखि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ।
सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रशासनले बुधबार जारी गरेको सूचनामा हावाहुरी आज अपराह्न ४० बजेदेखि सुरु भई भोलि बिहान ६:४५ बजेसम्म कायम रहने सम्भावना रहेको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको एक शक्तिशाली मौसम प्रणालीका कारण मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षा हुने जानकारी दिएको छ। यो प्रणालीले देशका धेरै ठाउँमा प्रभाव पार्ने देखिएकोले मोरङ जिल्लाभर विशेष सावधानी अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हावाहुरी र चट्याङको समयमा घरबाहिर ननिस्कन, रूख वा कमजोर संरचनामुनि ओत नलग्न र विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। साथै, विपद्को अवस्थामा नजिकैको सुरक्षा निकाय वा स्थानीय तहसँग समन्वय गर्न समेत सूचित गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि बल्ल मतदान सुरु
-
स्विडेनसँग पाँच गोल खाएपछि ट्युनिसियाका प्रशिक्षक बर्खास्त
-
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित
-
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो
-
अतिरिक्त शुल्क मागेमा सिधै गुनासो गर्न विद्युत प्राधिकरणको अनुरोध
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण