अतिरिक्त शुल्क मागेमा सिधै गुनासो गर्न विद्युत प्राधिकरणको अनुरोध
मङ्गलबार, ०२ असार २०८३, ११ : २३
सारांश
- नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ।
- सेवा लिने वा दिने क्रममा कुनै पनि किसिमको अनियमितता देखिएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराई सुशासन कायम गर्न सहयोग गर्न अनुरोध गरिएको छ।
- तोकिएको शुल्क भन्दा बढी अतिरिक्त रकम मागिएमा वा कुनै अनुचित कार्य भएको पाइएमा यथेष्ट प्रमाणसहित प्राधिकरणका तोकिएका नम्बरहरूमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सम्पूर्ण सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ।
सेवा लिने वा दिने क्रममा कुनै पनि किसिमको अनियमितता देखिएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराई सुशासन कायम गर्ने कार्यमा सहयोग पुर्याउन समेत अनुरोध गरिएको हो।
प्राधिकरणबाट उपलब्ध गराइने सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा बढी अतिरिक्त रकम मागिएमा वा कुनै कर्मचारी तथा अन्य व्यक्तिबाट कुनै पनि अनुचित कार्य भएको पाइएमा सेवाग्राहीले त्यसविरुद्ध कदम चाल्न सक्नेछन्। यस्तो अवस्थामा यथेष्ट प्रमाणसहित नेपाल विद्युत प्राधिकरणका तोकिएका नम्बरहरूमा तत्काल जानकारी गराउन सम्पूर्ण सेवाग्राहीहरूमा अनुरोध गरिएको छ।
सम्पर्कका लागि टेलिफोन नम्बरहरू:
- वितरण तथा ग्राहक सेवा निर्देशनालय: ०१-४१५३१४५
- जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखा: ९८५१३५५६९६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
-
कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण