गोरखा कांग्रेसमा विवाद : उपसभापति बस्नेतलाई स्पष्टीकरण सोधिएपछि फर्काए कडा जवाफ
गोरखा । नेपाली कांग्रेस गोरखाका उपसभापति इमान सिंह बस्नेतले सामाजिक सञ्जालमा राखेको एउटा पोस्टलाई लिएर जिल्ला कार्यसमितिभित्र विवाद उत्पन्न भएको छ । गत वैशाख ११ गते फेसबुकमा ‘कांग्रेसप्रति मेरो अभिरुचि बन्द भयो’ भन्ने वाक्यांशसहितको धारणा लेखेपछि जिल्ला अनुशासन समितिले बस्नेतसँग लिखित स्पष्टीकरण माग गरेको हो ।
अनुशासन समितिका संयोजक किशोरजंग थापाले वैशाख १४ गते स्पष्टीकरण पत्र काट्दै उपसभापति जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले सार्वजनिक रूपमा पार्टीप्रति निराशा फैलाउने अभिव्यक्ति दिनु अनुशासन विपरीत भएको उल्लेख गरेका छन् । समितिले विधानको धारा ३४ र नियमावलीको नियम २८ बमोजिम तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको थियो । सार्वजनिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दा सङ्गठनको प्रतिष्ठामा आँच पुगेको समितिको ठहर छ ।
समितिको पत्रको जवाफ दिँदै उपसभापति बस्नेतले बुधबार एक लिखित प्रष्टता पेस गरेका छन्, जसमा उनले अनुशासन समितिको कदमप्रति आश्चर्य प्रकट गरेका छन् । वि.सं. २०४६ सालदेखि पार्टीमा सक्रिय रहेको उल्लेख गर्दै बस्नेतले वाक स्वतन्त्रता र लोकतन्त्र कांग्रेसको मूल मर्म भएको भन्दै आफ्ना विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको जिकिर गरेका छन् । उनले फेसबुकमा व्यक्त गरेको विचार आफ्नो निजी असन्तुष्टि मात्र नभई पार्टीको ‘जरा अभियान’ का क्रममा गाउँ–गाउँ डुल्दा देखिएको आम कार्यकर्ता र जनताको वितृष्णाको प्रतिविम्ब भएको स्पष्ट पारेका छन् ।
बस्नेतले भर्खरै सम्पन्न निर्वाचनको परिणामले पनि जनताको कांग्रेसप्रति मोह घटेको पुष्टि गरिसकेको अवस्थामा पार्टीभित्र यसबारे बहस हुनुपर्नेमा उल्टै स्पष्टीकरण सोध्नु गलत भएको बताएका छन् ।
उनले शुभचिन्तकहरूको आग्रहमा उक्त पोस्ट हटाइसकेकाले अब सो विषयमा स्पष्टीकरणको कुनै तर्क र वैधता नरहेको समेत जवाफ दिएका छन्। पार्टी कमजोर भएको समयमा आपसी एकता र सहकार्य हुनुपर्नेमा यस्ता झिनामसिना विषयमा समय र शक्ति खर्च नगर्न उनले नेतृत्वलाई सुझाव समेत दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान विश्वकपको नकआउटमा पुग्ने सम्भावना कति ? यस्तो छ समीकरण
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
-
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण