आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मुम्बईले हैदराबादलाई दियो २४४ रनको विशाल लक्ष्य, रिकल्टनको शतक

बुधबार, १६ वैशाख २०८३, २१ : ५७
बुधबार, १६ वैशाख २०८३

 वाङ्खेडे । बुधबार इन्डियन्स प्रिमियर लिगअन्तर्गत भएको ४१औँ खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई २४४ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाउँदा विकेटकिपर ब्याट्सम्यान रयान रिकल्टनले शतक प्रहार गरे । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान विल ज्याक्स र रयान रिकल्टनले आक्रामक सुरुवात गरे । ज्याक्सले २२ बलमा ५ चौका र ३ छक्का सहित ४६ रन बनाएर नितिश कुमार रेड्डीको बलमा ईशान किशनबाट क्याच आउट भए । 

रिकल्टनले मात्र ५५ बलमा अविश्वसनीय १२३ रनको पारी खेले, जसमा १० चौका र ८ छक्का छन् । उनको यो विस्फोटक ब्याटिङले हैदरावादका का बलरहरूलाई दबाबमा राख्न सक्यो । 

सूर्यकुमार यादवले ५ बलमा ५ रन बनाए, नमन धीर १७ बलमा २२ रन मात्र बनाउन सके । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २ चौका र २ छक्कासहित ३१ रनको द्रुत गति खेले । 

हैदराबादका प्रफुल हिङ्गेले २ विकेट लिए । नितिश कुमार रेड्डी, ईशान मलिङ्गा र साकिब हुसेनले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप