बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
सारांश
- अविरल वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको छ ।
- बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग र गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
- केही राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
त्यसैगरी, गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा ठप्प छ । मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण सवारी साधन चल्न सक्ने अवस्था छैन ।
केही स्थानमा भने अवरोध हटाएर सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित भएको मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रूपमा सुचारु भएको छ ।
यस्तै, गण्डकी प्रदेशकै म्याग्दीस्थित बेनी–जोमसोम सडकखण्ड पनि एकतर्फी सञ्चालनमा छ । अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण