मिति गुज्रेका प्रवेश पास प्रयोग : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका प्रवेश पासहरू हालसम्म पनि प्रयोगमा रहेको पाइएको छ।
- म्याद समाप्त भइसकेका पासहरूको प्रयोगले अवाञ्छित व्यक्तिहरू विमानस्थलको आन्तरिक क्षेत्रमा प्रवेश गर्न सक्ने जोखिम बढाउँछ।
- विमानस्थल प्रमुख टेकनाथ सिटौलाको नेतृत्वमा व्यवस्थापनमा अव्यवस्था बढेको र सीमित व्यापारीहरूको प्रभाव बढेको आरोप छ।
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ ।
विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका प्रवेश पासहरू हालसम्म पनि प्रयोगमा रहेको देखिएको हो। यस्तो लापरबाहीले सुरक्षामा चुनौती थप्ने भन्दै सरोकारवाला अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रवेश पास भनेको संवेदनशील क्षेत्रहरूमा आवतजावत गर्न दिइने महत्वपूर्ण अनुमति हो। तर म्याद समाप्त भइसकेका पासहरू अद्यावधिक नगरी प्रयोग भइरहनु प्रशासनिक कमजोरीको स्पष्ट संकेत मानिएको छ। सुरक्षा विज्ञहरूका अनुसार यस्ता पासहरूको दुरुपयोगले अवाञ्छित व्यक्ति विमानस्थलको आन्तरिक क्षेत्रमा प्रवेश गर्न सक्ने जोखिम बढाउँछ, जसले राष्ट्रिय सुरक्षामा समेत असर पार्न सक्छ।
यसैबीच, विमानस्थल प्रमुखका रूपमा टेकनाथ सिटौला नियुक्त भएपछि व्यवस्थापनमा अव्यवस्था बढ्दै गएको आरोप पनि उठ्न थालेको छ। केही अधिकारीहरूका अनुसार उनको नेतृत्वमा निर्णय प्रक्रिया पारदर्शी हुन नसकेको र सीमित व्यापारीहरूको प्रभाव बढेको छ। उनी निकट व्यापारीहरूको घेरामा बस्न रुचाउने प्रवृत्तिका कारण प्रशासनिक कामहरू प्रभावित भएको बताइन्छ।
विमानस्थलभित्र हुने विभिन्न सेवा तथा ठेक्कासम्बन्धी कार्यमा पनि केही निश्चित समूहको मात्र पहुँच रहेको गुनासो बढ्दै गएको छ। यसले प्रतिस्पर्धात्मक वातावरणलाई कमजोर बनाउनुका साथै संस्थागत सुशासनमा समेत प्रश्न उठाएको छ। कर्मचारीहरूका अनुसार यस्तो वातावरणमा नियम कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
सरकारले विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि यस्ता घटनाले त्यसको कार्यान्वयनमा कमजोरी देखिएको छ। सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग जस्तो गम्भीर विषयले विमानस्थल सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यसतर्फ ध्यान दिन ढिलाइ गर्न नहुने विमानस्थलकै एक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण