मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्सा प्रकरणमा नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

बिहीबार, १७ वैशाख २०८३, १२ : ३३
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा प्रयोग गरेको नक्सामा जम्मू-कश्मिरलाई पाकिस्तानमा समावेश गरेपछि भारतसँग माफी मागेको छ ।
  • विवादित नक्सा प्रयोग गरी पोस्ट गरिएको उक्त सामग्रीलाई नेपाल एयरलाइन्सले हटाउँदै आफ्नो त्रुटि स्वीकार गरेको छ ।
  • नेपाल एयरलाइन्सले उक्त नक्साले आफ्नो आधिकारिक अडानलाई प्रतिबिम्बित नगर्ने स्पष्ट पारेको छ ।

काठमाडौँ । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट विवादित भएपछि त्यसलाई हटाउँदै भारतसँग माफी मागेको छ ।

नेपाल एयरलाइन्सले आफ्नो उडान नेटवर्कलाई नक्सामा देखाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा समावेश गरिएको थियो ।

सामाजिक सञ्जालमै भारतीयले उक्त पोस्टबारे व्यापक आलोचना गरेपनि नेपाल एयरलाइन्सले माफी माग्दै विवादित पोस्ट हटाएको हो ।

‘हाम्रो सामाजिक सञ्जाल च्यानलहरूमा हालै सार्वजनिक भएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी हार्दिक माफी चाहन्छौँ,’ नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा लेखेको छ ।

नक्सामा अन्तर्राष्ट्रिय सीमाहरूको बारेमा महत्त्वपूर्ण कार्टोग्राफिक त्रुटि रहेको स्वीकार गर्दै नेपाल एयरलाइन्सले उक्त नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक अडानलाई प्रतिबिम्बित नगर्ने प्रस्ट पारेको छ ।

Nepal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप