अपडेट
डोजर चलाउने तयारीपछि कालीमाटी तरकारी बजारमा सवारी प्रवेशमा रोक
शुक्रबार, १८ वैशाख २०८३, ०८ : ००
सारांश
- आजबाट काठमाडौँ उपत्यकामा बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान सुरु भएको छ ।
- सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
- कालीमाटी तरकारी बजारमा सवारी प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौँ । दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान आजबाट सुरु भएको छ ।
सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् ।
कालीमाटी तरकारी बजारमा भने अहिले सवारी जान रोक लगाइएको छ । गएका सवारी मात्रै फर्किन दिइएको छ। यहाँ स्थित बागमती नदी किनारमा डोजर लगाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण