प्रविधि न्यायको साधन हो, विकल्प होइन: कायममुकायम प्रधानन्यायाधीश मल्ल
सारांश
- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादनमा एआई एक प्रभावकारी साधन भएपनि न्यायको विकल्प हुन नसक्ने बताएकी छिन् ।
- उनले प्रविधिको प्रयोग गर्दा मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिँदै एआईलाई मानवीय नियन्त्रणमा राख्नुपर्ने धारणा राखिन् ।
- उनले नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको प्रयोग गर्न सकिने बताइन् ।
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताएकी छिन् ।
युवा कानुन व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिइन्। काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राखिन् । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानुनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने बताइन् ।
उनले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताइन् । प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उनको भनाइ थियो । विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह (बायस), गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उनले बताइन् ।
युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् ।
नयाँ पुस्ताका कानुन व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै उनले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताइन् । छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने उनको विश्वास छ । उहाँले ढिलो न्याय हुने जनगुनासोलाई सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई नै सुदृढ बनाउने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण