ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाली सुन्दरताको सयर
सारांश
- बङ्गलादेशको राजधानी ढाकामा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता झल्काउने ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।
- नेपाल र बङ्गलादेशबीचको मित्रता र भाइचाराको २१ वर्ष पुगेको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा हिमशृङ्खला, पहाडी भूभाग, तराईका फाँट, जनजीवन र कला–संस्कृति समेटिएका तस्बिरहरू प्रस्तुत गरिए।
- प्रदर्शनीले दुई देशका फोटोपत्रकारबीचको व्यावसायिक सम्बन्धलाई उचाइमा पुर्याएको र पत्रकारिता सम्बन्ध सुदृढ बनाएको बताइएको छ।
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता झल्काउने ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए) को संयुक्त आयोजनामा बिहीबार उक्त प्रदर्शनी गरिएको हो।
नेपाल र बङ्गलादेशबीचको मित्रता र भाइचाराको २१ वर्ष पुगेको सुखद उपलक्ष्यमा आयोजना गरिएको यो कार्यक्रमको उद्घाटन हसन हफिजले गरेका थिए भने ढाकाका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी मुख्य अतिथिका रूपमा उपस्थित थिए। प्रदर्शनीमा नेपालका हिमशृङ्खला, पहाडी भू–भाग, तराईका फाँट, जनजीवन र मौलिक कला–संस्कृति समेटिएका उत्कृष्ट तस्बिरहरू राखिएको थियो।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकारको टोली बङ्गलादेश फोटोपत्रकार संघको निमन्त्रणामा ढाका पुगेको हो। कार्यक्रममा सहभागी अतिथि तथा अवलोकनकर्ताहरूले नेपाली फोटोपत्रकारहरूको सिर्जनशीलता र तस्बिरमार्फत कथा बुन्ने कलाको निकै प्रशंसा गरे।
यो प्रदर्शनीले दुई देशका फोटोपत्रकारबीचको व्यावसायिक सम्बन्धलाई थप उचाइमा पुर्याएको अध्यक्ष वन्तले बताए। यस्ता कार्यक्रमले नेपाल र बङ्गलादेशबिचको पत्रकारिता सम्बन्धलाई सुदृढ बनाउँदै आगामी दिनमा अनुभव आदान–प्रदान र संयुक्त व्यावसायिक गतिविधि सञ्चालनका लागि बलियो आधार तयार गरेको उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण