फेरि खुल्यो जयनेपाल हल
शुक्रबार, १८ वैशाख २०८३, १३ : २१
सारांश
- लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।
- सञ्चालकले सुरुमा नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने योजना बनाए पनि ‘राजा शिवाजी’ रिलिज गरेर हल सञ्चालनमा ल्याएका छन् ।
- ३०६ सिट क्षमता रहेको यस हलमा सुतेर हेर्ने दर्शकका लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ ।
काठमाडौँ । लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का लगायत थुप्रै फिल्मकर्मी सहभागी थिए ।
नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरेका सञ्चालकले ‘लालीबजार’ रोकिएपछि ‘राजा शिवाजी’ रिलिज गर्दै सञ्चालनमा ल्याएको सञ्चालक मध्यका एक गोपाल कायस्थले बताए ।
यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो हल बन्द भएपछि बज इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको हो ।
हलमा कुल ३०६ वटा सिट छन् । सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ, बालकोनीमा ५०० र सामान्य सिटको लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ । यो हलका सञ्चालकमा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाही को सिन सहकार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण