गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
पर्सा । सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ ।
सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगञ्ज महानगरलगायतको संयुक्त टोलीले आज वीरगञ्जको घण्टाघर आसपासको सडकको रेखाङ्कन तथा नापजाँचको काम अघि बढाएको हो । सडक डिभिजन हेटौँडाले यही वैशाख ६ गते सो सडकखण्डमा अतिक्रमण गरेर बनाएका घर–टहरा स्काभेटर लगाएर भत्काउन थालेको थियो ।
त्रिभुवन राजपथअन्र्तगत सो सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५–२५ मिटर मापदण्ड तोकिएको छ । सोही मापदण्डअनुसार सडक डिभिजन हेटौँडाले वैशाख १५ गतेदेखि सो खण्डको सडकको केन्द्रविन्दु निर्धारण गर्न सुरु गरेको हो । सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्न लागेको जानकारी दिए ।
“गत वैशाख ६ गते अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काउन थालेका थियौँ”, उनले भने, “आजदेखि प्राविधिक खटाएर सडकको केन्द्रविन्दु छुट्टयाउने काम भइरहेको छ ।”
वीरगञ्ज महानगरले सडकको केन्द्रविन्दुबाट २५–२५ मिटरपछि पनि थप सडकको दायाँबायाँ पाँच–पाँच फिट छोड्न निर्देशन दिएको छ । इन्जिनियर साहले सडक विभागले गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि आवश्यक तयारी थालिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण