सिप्रदीले ल्यायो सुमो गोल्ड
काठमाडौं– सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नारा दिएर व्यावसायिक अभियान शुरु गरेको छ ।
सो अभियान अन्र्तगत कम्पनीले सिप्रदीको सुमो गोल्ड सार्वजनिक गरेको छ । यो अभियान विशेष गरी रोजगारीको अवसर खोजिरहेका युवालाई लक्षित गरेर ल्याइएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।
यस अभियान अन्र्तगत प्रत्येक टाटा सुमो गोल्ड खरिदमा ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र एक वर्षको इन्सुरेन्स सुविधा उपलब्ध गराउनेछ ।
लगभग ४० लाख रुपैयाँ पर्ने यस सुमोमा ३० प्रतिशत डाउन पेमेन्ट दिएर खरिद गर्न सकिनेछ । नेपाली युवालाई टाटा सुमोमार्फत स्वरोजगार बनाउने लक्ष्य सिप्रदीले लिएको छ । यस अभियान अन्र्तगत २ वर्षका लागि सञ्चारकर्मी रवि लामिछानेलाई अनुबन्धित गरिएको छ ।
३७ वर्षदेखि कार्यरत सिप्रदीको बार्षिक ३५ करोड अमेरीकी डलर भन्दा बढी कारोबार छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसाय गर्दै आएको छ । सिप्रदी सन १९८२ देखि टाटा मोर्टसको आधिकारिक बिक्रेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
-
दशौँ राष्ट्रिय खेलकुद कहिले ? पटक–पटक मिति सार्दा बढ्दै छ अन्योल
-
केप भर्डेका काब्रलले गरेको गोल फिफा विश्वकप-२०२६ को उत्कृष्ट गोल घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण