बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
सारांश
- बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमाले, नेकपा र राप्रपा सम्मिलित नयाँ गठबन्धन सहज रूपमा बन्ने बताएका छन् ।
- उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने वा वर्तमान सरकारको निरन्तरता रहने अवस्था नरहेको बताए ।
- राप्रपासँग सरकार गठनका लागि संवाद प्रारम्भ भइसकेको र सम्मानजनक ढङ्गले तीन दलबीच सहमति हुनेमा उनले विश्वास व्यक्त गरे ।
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमतीमा नयाँ गठबन्धन सहज रूपमा बन्ने बताएका छन् ।
उनले बागमती प्रदेशमा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित सरकार बन्नु सबैभन्दा सहज विकल्प भएको बताए ।
मंगलबार नेकपा बागमती प्रदेश संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता जम्कट्टेलले प्रदेशको वर्तमान अङ्कगणित र राजनीतिक परिस्थितिको विश्लेषण गर्दा कांग्रेसको नेतृत्वमा सरकार बन्ने वा वर्तमान सरकारको निरन्तरता रहने अवस्था नरहेको बताए ।
प्रदेशसभाको बनावटअनुसार कांग्रेस, एमाले वा नेकपामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने र अन्य दलले राप्रपासँग मिलेर सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ । हालको अवस्थामा कांग्रेस र एमालेबिच सहकार्य हुने सम्भावना नदेखिएकाले एमाले, नेकपा र राप्रपाबिचको गठबन्धन नै सबैभन्दा दिगो र सहज हुने उनले बताए ।
राप्रपासँग सरकार गठनका लागि संवाद प्रारम्भ भइसकेको र सम्मानजनक ढङ्गले तीन दलबिच सहमति हुनेमा उनले विश्वास व्यक्त गरे । विगतमा पनि मन्त्रालय बाँडफाँट र सभामुख चयनमा राप्रपालाई उचित सम्मान दिइएको उनले बताए ।
एमालेसँग पटक–पटकको सहकार्य टुट्ने गरेको विषयमा पार्टीभित्र केही आशङ्का र फरक तर्क उठे पनि हालको निर्णयमा पार्टीपंक्ति पूर्ण रूपमा एकताबद्ध रहेको उनले बताए । वामपन्थी शक्तिबिचको सहकार्य अहिलेको आवश्यकता भएको र पार्टीले यसलाई सर्वसम्मत रूपमा अगाडि बढाउने निर्णय गरिसकेको उनको भनाइ छ ।
उनले अबको केही समयभित्रै सरकार निर्माणको प्रक्रियाले गति लिने र प्रदेशले नयाँ निकास पाउने बताए ।
नेता जम्कट्टेलका अनुसार गत साउन ९ गते नेकपा एमाले र नेकपाबिच प्रदेश सरकार निर्माणमा सहकार्य गर्ने समझदारी भएको थियो । सोही समझदारी कार्यान्वयन गर्न साउन १२ गते संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण