मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
सारांश
- प्रहरीले महोत्तरीमा मिनीट्रकको छतमा 'फल्स बटम' बनाई ४५४ किलोग्राम गाँजा ओसारपसार गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
- लागु औषध नियन्त्रण ब्यूरोको टोलीले बर्दिबासबाट ललितपुरका २६ वर्षीय विश्व तामाङलाई पक्राउ गरेको हो ।
- प्रहरीले गाँजासहित मिनीट्रक, चालक अनुमति पत्र, सवारी दर्ता किताब र मोबाइल बरामद गरेको छ ।
काठमाडौँ । महोत्तरीमा मिनीट्रकको छतमा ‘फल्स बटम’ (नक्कली तला) बनाएर अवैध रूपमा ओसारपसार भइरहेको ४५४ किलोग्राम गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबास नगरपालिका–३ बाट उक्त गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–३ ठेगाना भएका २६ वर्षीय विश्व तामाङ रहेका छन् ।
प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट मंगलबार महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकलाई शङ्का लागेर रोकी जाँच गर्दा ट्रकको छतमा विशेष प्रकारको फल्स बटम बनाई ६० वटा पोकामा लुकाइराखिएको अवस्थामा ४५४ किलो गाँजा बरामद भएको थियो ।
प्रहरीले निज तामाङको साथबाट गाँजाका साथै बा ४ ख ५६९२ नम्बरको मिनीट्रक १ थान, सवारी चालक अनुमति पत्र १ थान, सवारी दर्ता किताब १ थान र मोबाइल १ थानसमेत बरामद गरेको छ ।
पक्राउ परेका तामाङ र बरामद सामानलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) जीवन निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण