फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
सारांश
- घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको छ ।
- सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको यो फिल्म प्रेम कथामा आधारित हुनेछ ।
- फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्म प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए ।
नेपाली फिल्म उद्योगमा प्रेमकथामा आधारित फिल्मको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने निर्माण गर्न लागिएको उनले बताए । फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् ।
नरेन्द्र मैनालीको डीओपी रहने फिल्म मनीष गौतमले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण