बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि उज्ज्वल र विपनालाई
शनिबार, १९ वैशाख २०८३, १७ : १९
सारांश
- बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले जितेका छन् ।
- प्रतियोगितामा पुरुषतर्फ उज्ज्वलले ४० अङ्क प्राप्त गरी सुनको बल पुरस्कार पाए भने महिलातर्फ विपनाले ३७ अङ्क जोडिन् ।
- सिनियर विधामा विजय बहादुर श्रेष्ठ विजेता बनेका थिए ।
काठमाडौँ । बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि पुरुष तर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले जितेका छन् ।
शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अङ्क प्राप्त गरे। उनले पुरस्कार स्वरूप सुनको बल प्राप्त गरे। त्यस्तै, तरुण अग्रवालले दोस्रो स्थान प्राप्त गरे ।
त्यसैगरी महिला विजेता विपना श्रेष्ठले ३७ अङ्क जोडेकी थिइन् । उपविजेता आस्था दुलालले ३४ अङ्क प्राप्त गरिन् ।
प्रतियोगिताको सिनियर विधाको रूपमा रहेको ६० वर्ष माथिको इभेन्टमा विजय बहादुर श्रेष्ठले जित हात पारे । प्रतियोगिताका विजेताहरूलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी १०५ जनाले सहभागिता जनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण