चेन्नेईलाई मुम्बईको १६० रनको लक्ष्य, नमन धीरको अर्धशतक
चेन्नई । आईपीएलको ४४औं खेलमा पाँच पटकका च्याम्पियनहरूको खेल जारी छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको मम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई मध्यम लक्ष्य पस्किएको छ । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मुम्बईले मात्र १५९ रन बनाउन सक्यो ।
मुम्बईका नमन धीरले आज ३७ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५७ रन बनाए । उनका अलावा, विकेटकिपर ब्याट्सम्यान रयान रिकलटनले पनि ३७ रन बटुले ।
सूर्यकुमार यादवले पनि १२ बलमा ३ चौका र १ छक्काको मद्दतले २१ रनको उपयोगी इनिङ्स खेले ।
यद्यपि, कप्तान हार्दिक पाण्ड्या २३ बलमा १८ रन मात्र बनाएर आउट भए । तिलक वर्मा ५ रनमा सस्तैमा पेभेलियन फर्किए । विल ज्याक्स १ रन बनाएर, रोबिन मिन्ज ५ रन बनाएर र कृष्ण भगत ३ रन (अविजित) एवं ट्रेन्ट बोल्ट ७ रन (अविजित) बनाएर फर्किए ।
घरेलु मैदानमा चेन्नईका बलरहरूले आज कसिलो बलिङ गरेपछि मुम्बई मध्यम स्कोरमा समेटिएको हो । अंशुम कम्बोजले आज ३ विकेट लिए । नूर अहमदले पनि रयान रिकलटन र तिलक वर्मालाई आउट गर्दै २ महत्त्वपूर्ण विकेट चट्काए । रामकृष्ण घोषले सूर्यकुमार यादवलाई र जेमी ओभरटनले नमन धीरलाई पेभेलियन पठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण