अमेरिकाको प्रस्तावमा इरानले बुझायो १४ बुँदे प्रतिक्रिया
सारांश
- अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा इरानले १४ बुँदे प्रतिक्रिया दिएको छ ।
- पाकिस्तानमार्फत पठाइएको उक्त प्रस्तावमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य गर्नुपर्ने माग समावेश छ ।
- इरानले समस्या ३० दिनभित्र समाधान गर्नुपर्ने र वार्ता युद्धविराम लम्ब्याउनेभन्दा युद्धको पूर्ण अन्त्यमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ ।
तेहरान । इरानले अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा १४ बुँदे प्रतिक्रिया दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित तस्निम समाचार एजेन्सीले शनिबार उक्त जानकारी दिएको हो । तस्निमका अनुसार इरानले आफ्नो प्रस्ताव पाकिस्तानी मध्यस्थमार्फत पठाएको हो । उक्त प्रस्तावमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य गर्नुपर्ने माग समावेश गरिएको छ ।
समाचारमा जनाइएअनुसार अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरेको थियो । तर इरानले भने समस्याहरू ३० दिनभित्र समाधान गर्नुपर्ने र वार्ता युद्धविराम लम्ब्याउनेभन्दा पनि युद्धको पूर्ण अन्त्यमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ ।
इरानी अधिकारीहरूले अहिलेसम्म उक्त प्रतिक्रियाको विस्तृत विवरण सार्वजनिक रूपमा खुलाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उक्त योजनाको समीक्षा गर्ने बताएका छन् । तर उनले यो स्वीकार्य हुने कल्पना गर्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए ।
तस्निमका अनुसार यो प्रतिक्रिया अमेरिकाले अघि सारेको ९ बुँदे प्रस्तावको जवाफस्वरूप आएको हो । इरानको प्रस्तावमा सैन्य आक्रमण नगर्ने सुनिश्चितता, इरान वरपरका क्षेत्रमा रहेका अमेरिकी सैनिक फिर्ता गर्ने विषय समेटिएका छन् । यसका साथै, रोक्का गरिएका इरानी सम्पत्तिहरू मुक्त गर्ने, प्रतिबन्ध हटाउने, र स्ट्रेट अफ होर्मुजका लागि नयाँ संयन्त्र स्थापना गर्ने माग पनि प्रस्तावमा उल्लेख गरिएको छ ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले उक्त प्रस्ताव युद्धको स्थायी अन्त्यका लागि लक्षित रहेको बताएका छन । इरानी सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै उनले अब निर्णय अमेरिकाको हातमा रहेको बताए । “अमेरिकाले अब कूटनीतिक बाटो रोज्ने कि टकरावपूर्ण रणनीति जारी राख्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण