दराजको ५.५ बिग समर सेल : ८० प्रतिशतसम्म छुट
सारांश
- दराज नेपालले वैशाख २१ गते बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ गतेसम्म चल्ने '५.५ बिग समर सेल' को घोषणा गरेको छ।
- यस सेलमा ग्राहकले ८० प्रतिशतसम्म छुट, ५५ लाख रुपैयाँ बराबरका सपिङ भौचर र छनोट गरिएका सामानमा निःशुल्क होम डेलिभरीको सुविधा पाउनेछन्।
- दराजले 'बेस्ट प्राइस' ट्याग भएका उत्पादनमा मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । गर्मीको बढ्दो तापक्रमसँगै नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘५.५ बिग समर सेल’ को घोषणा गरेको छ।
वैशाख २१ गते बेलुका ८ बजेदेखि सुरु हुने यो सेल वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधिमा ग्राहकले सामान खरिद गर्दा ८० प्रतिशतसम्मको भारी छुट पाउनुका साथै कुल ५५ लाख रुपैयाँ बराबरका सपिङ भौचरहरू समेत प्राप्त गर्न सक्नेछन्। सपिङलाई थप सहज बनाउन दराजले छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरीको सुविधा समेत ल्याएको छ।
दराजले आफ्ना ग्राहकलाई उत्कृष्ट अनुभव दिन विभिन्न ब्राण्डहरूसँग सहकार्य गरेको छ। जसअन्तर्गत प्लाटिनम पार्टनर पिल्ग्रिम र मारिकोका उत्पादनमा १५ प्रतिशत, गोल्ड पार्टनर ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका सामानमा ६० प्रतिशत तथा सिल्भर पार्टनर र्होतो, नुलाइट र एमडब्ल्यूसीका उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ईसेवाका प्रयोगकर्ताहरूका लागि विशेष रश आवर अफर समेत राखिएको छ, जसले किनमेललाई थप किफायती बनाउनेछ।
यस पटक दराजले मूल्यको विश्वसनीयताका लागि विशेष प्राइस डिफरेन्स रिफन्डको प्रतिबद्धता जनाएको छ। ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरू यदि नेपालका अन्य अनलाइन प्लेटफर्ममा कम मूल्यमा भेटिएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने घोषणा गरेको छ।
समर सेलमा फेसन, स्वास्थ्य तथा सौन्दर्य, इलेक्ट्रोनिक्स, अडियो, फर्निचर र गृह सजावट जस्ता विभिन्न विधाका सामग्रीहरू उपलब्ध छन्। गर्मीका लागि आवश्यक हल्का लुगादेखि घरलाई सितल बनाउने ग्याजेटहरूसम्म आकर्षक मूल्यमा किन्न पाइनेछ। दराजले ग्राहकलाई घरमै बसेर सुरक्षित र सहज रूपमा सपिङ गर्न र ठुलो बचतको अवसर सदुपयोग गर्न आह्वान गरेको छ। सेल सम्बन्धी विस्तृत जानकारी दराजको एप वा आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण