रूसको प्रिमोर्स्क बन्दरगाहमा ड्रोन आक्रमण
सारांश
- युक्रेनले रूसका विभिन्न लक्ष्यहरूमा ड्रोन आक्रमण गर्दा बाल्टिक सागरस्थित प्रिमोर्स्क बन्दरगाहमा आगलागी भएको रूसी अधिकारीहरूले बताएका छन् ।
- लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्ज्याण्डर ड्रोज्डेन्कोका अनुसार आक्रमणपछि बन्दरगाहमा अस्थायी रूपमा आगो लागेको थियो, तर पछि नियन्त्रणमा लिइएको छ ।
- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको कालो सागरस्थित नोभोरोसियस्क बन्दरगाह प्रवेश क्षेत्रमा रहेका दुई छद्म नाम धारी ट्यांकरहरूमा पनि आक्रमण गरिएको बताएका छन् ।
मस्को । युक्रेनले रूसका विभिन्न लक्ष्यहरूमा ड्रोन आक्रमणको श्रृंखला सुरु गर्दा बाल्टिक सागरस्थित प्रिमोस्र्क बन्दरगाहमा आगलागी भएको रूसी अधिकारीहरूले बताएका छन् । लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्ज्याण्डर ड्रोज्डेन्कोका अनुसार आक्रमणपछि बन्दरगाहमा अस्थायी रूपमा आगो लागेको थियो, तर पछि नियन्त्रणमा लिइएको छ ।
गभर्नरका अनुसार रातभरि लेनिनग्राद क्षेत्रमा ६० भन्दा बढी ड्रोन खसालिएको थियो । प्रिमोस्र्क रूसको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो, जसले दैनिक करिब १० लाख ब्यारेल तेल आपूर्ति गर्ने क्षमता राख्छ । आक्रमणपछि तेल चुहावट नभएको र अवस्था नियन्त्रणमा रहेको बताइएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको कालो सागरस्थित नोभोरोसियस्क बन्दरगाह प्रवेश क्षेत्रमा रहेका दुई छद्म नाम धारी ट्यांकरहरूमा पनि आक्रमण गरिएको बताएका छन् । ती ट्यांकरहरू तेल ढुवानीमा प्रयोग हुँदै आएको उल्लेख गर्दै उनले युक्रेनले समुद्र, आकाश र जमिन तीनै क्षेत्रमा आफ्नो लामो दूरीको आक्रमण क्षमता थप सुदृढ गर्ने बताएका छन् ।
अन्य रूसी क्षेत्रहरूमा पनि ड्रोन आक्रमणको खबर आएको छ । मस्को क्षेत्रका गभर्नर एन्ड्रे भोरोब्योभका अनुसार एक गाउँमा भएको ड्रोन आक्रमणमा ७७ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । त्यस्तै, मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आउँदै गरेका चार ड्रोन खसालिएको बताएका छन् । पश्चिमी स्मोलेन्स्क क्षेत्रमा एउटा आवासीय भवनमा ड्रोन आक्रमण हुँदा एक बालकसहित तीन जना घाइते भएका छन् । यसैबीच, युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा रूसी सेना कोस्टियान्टिनिभ्का सहरतर्फ अघि बढिरहेको युक्रेनी सेनाका उच्च अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण