बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपाले ल्यायो स्थानीय चुनाव २०८३ का लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ)

पैसा, पहुँच र नेताको चाकडी नचल्ने
सोमबार, २१ वैशाख २०८३, ०७ : ५८
सोमबार, २१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ सालको स्थानीय चुनावका लागि उम्मेदवार छनोटको नयाँ रूपरेखा सार्वजनिक गरेको छ।
  • यस नयाँ नीतिले बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने लक्ष्य लिएको छ।
  • रास्वपाले पैसा र बाहुबलीको प्रभावलाई निषेध गर्दै जनताको मन जित्ने र स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ सालमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा तय गरेको छ।

परम्परागत राजनीतिक दलहरूले अभ्यास गर्दै आएको बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै पूर्ण रूपमा लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने नीति रास्वपाले अघि सारेको हो।

पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा नेताको घरदैलो चाहार्ने र शक्तिकेन्द्रलाई रिझाउनेलाई नभई जनताको मन जित्ने र स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका व्यक्तिलाई मात्र चुनावमा उठाउने स्पष्ट पारिएको छ।

नेपाली राजनीतिमा उम्मेदवार चयन प्रक्रिया सबैभन्दा बढी विकृत बनेको निष्कर्ष निकाल्दै रास्वपाले अब पैसा र बाहुबली (मनी र मसल) को प्रभावलाई पूर्ण रूपमा निषेध गर्ने जनाएको छ। अन्तिम समयमा आएर उम्मेदवार घोषणा गर्ने, गुटगत प्रभावमा पर्ने र चाकडीका भरमा टिकट बाँड्ने प्रवृत्तिको अन्त्य गर्न पार्टीले विधि, पद्धति र प्रमाणमा आधारित मार्ग अवलम्बन गर्ने भएको छ।

‘किन त्यो नभएर यो उम्मेदवार छानियो’ भन्ने आम नागरिकको प्रश्नको जवाफ नेताको व्यक्तिगत लहड वा भावनाबाट नभई संस्थागत मूल्याङ्कन र प्रक्रियाबाट दिने रास्वपाको दाबी छ। सुशासन र राज्य शुद्धीकरणको मुहान नै दलको आन्तरिक शुद्धीकरण भएको रास्वपाको ठहर छ।

उम्मेदवार छनोटको यो नयाँ विधि रास्वपाको विधानको भाग १९ मा रहेको ‘लिडरशिप एकेडेमी र उम्मेदवार क्लब’ तथा भाग २० मा रहेको ‘प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधि’ को मर्ममा आधारित छ। यसले सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा बुझ्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र सक्षम नेतृत्वको पहिचान गर्ने लक्ष्य राखेको छ।

पार्टीका अनुसार अब उम्मेदवार नेताको निगाहबाट होइन, जनताको भरोसा, सार्वजनिक आचरण र नेतृत्व क्षमताका आधारमा तय हुनेछन्। २०६२/६३ को जनआन्दोलनदेखि लिएर पछिल्लो 'जेन-जी' पुस्ताको विद्रोहसम्मलाई विश्लेषण गर्दै रास्वपाले दलहरूमा आम नागरिकको पहुँच टुट्दा नै असन्तुष्टि बढेको निष्कर्ष निकालेको छ।

समावेशितालाई केवल बाध्यात्मक उपस्थिति वा सजावटका रूपमा नभई लोकतान्त्रिक न्यायको आधारका रूपमा लिने दस्तावेजमा उल्लेख छ। महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्र, श्रमिक, किसान, उद्यमीदेखि प्रवासको अनुभव सँगालेका नागरिकलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने पार्टीको लक्ष्य छ। समाजको वास्तविक विविधता प्रतिविम्बित हुने, नैतिक रूपमा स्वच्छ र विजयको बलियो सम्भावना भएकालाई अघि सारिनेछ। रास्वपाले स्थानीय तहलाई केवल चुनाव जित्ने थलो मात्र नभई सेवा प्रवाह सुधार्ने, सुशासन कायम गर्ने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने सबैभन्दा महत्त्वपूर्ण सरकारका रूपमा व्याख्या गरेको छ।

२०८२ फागुन २१ गते प्राप्त ऐतिहासिक जनादेश (दस्तावेजमा उल्लेखित परिकल्पना) लाई न्याय गर्न स्थानीय तहमा योग्य, सक्षम र इमानदार नेतृत्व हुनैपर्ने पार्टीको निष्कर्ष छ। फरक राजनीति चर्का भाषणमा नभई आन्तरिक सुशासनमा देखिनुपर्ने भन्दै रास्वपाले यो प्रक्रियालाई केवल पूर्णताको घोषणा नभई निरन्तर सुधारतर्फको संस्थागत यात्रा भनेको छ। असल नियतका साथ काम गर्दा हुने त्रुटिलाई स्वीकार्ने, रचनात्मक सुझाव ग्रहण गर्ने र प्रत्येक निर्वाचन चक्रसँगै प्रक्रियालाई थप परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धतासमेत रास्वपाले आफ्नो दस्ताबेजमार्फत व्यक्त गरेको छ।

local election frame work 2083_V2_260504_072904_page-0001local election frame work 2083_V2_260504_072904_page-0002local election frame work 2083_V2_260504_072904_page-0003local election frame work 2083_V2_260504_072904_page-0004local election frame work 2083_V2_260504_072904_page-0005local election frame work 2083_V2_260504_072904_page-0006local election frame work 2083_V2_260504_072904_page-0007local election frame work 2083_V2_260504_072904_page-0008local election frame work 2083_V2_260504_072904_page-0009local election frame work 2083_V2_260504_072904_page-0010local election frame work 2083_V2_260504_072904_page-0011local election frame work 2083_V2_260504_072904_page-0012local election frame work 2083_V2_260504_072904_page-0013local election frame work 2083_V2_260504_072904_page-0014local election frame work 2083_V2_260504_072904_page-0015local election frame work 2083_V2_260504_072904_page-0016local election frame work 2083_V2_260504_072904_page-0017local election frame work 2083_V2_260504_072904_page-0018local election frame work 2083_V2_260504_072904_page-0019local election frame work 2083_V2_260504_072904_page-0020local election frame work 2083_V2_260504_072904_page-0021local election frame work 2083_V2_260504_072904_page-0022local election frame work 2083_V2_260504_072904_page-0023local election frame work 2083_V2_260504_072904_page-0024local election frame work 2083_V2_260504_072904_page-0025local election frame work 2083_V2_260504_072904_page-0026local election frame work 2083_V2_260504_072904_page-0027local election frame work 2083_V2_260504_072904_page-0028local election frame work 2083_V2_260504_072904_page-0029local election frame work 2083_V2_260504_072904_page-0030local election frame work 2083_V2_260504_072904_page-0031local election frame work 2083_V2_260504_072904_page-0032

local election frame work 2083_V2_260504_072904_page-0033local election frame work 2083_V2_260504_072904_page-0034local election frame work 2083_V2_260504_072904_page-0035

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप