५० हजार घुससहित पक्राउ परेका कर्मचारीविरूद्ध मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंहविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- सेवाग्राहीसँग अदालतको फैसला बमोजिम जग्गा फुकुवा र नामसारी गरिदिए बापत घुस मागेको उजुरीका आधारमा सिंहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
- अनुसन्धानमा दोषी ठहरिएपछि अख्तियारले सिंहविरुद्ध ५० हजार बिगो, सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंहविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतको तहसिल शाखामा कार्यरत सिंहले अदालतको फैसला बमोजिम जग्गा फुकुवा र नामसारी गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा आयोगले कारबाही अगाडि बढाएको थियो ।
सोही उजुरीका आधारमा अख्तियारको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा डिठ्ठा सिंहले अदालतको फैसला अनुसार हुनुपर्ने काममा विभिन्न बहाना बनाई दुःख हैरानी दिएको र मोलमोलाइ (बार्गेनिङ) गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएपछि आयोगले उनलाई ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले सोमबार जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण