मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राहुल गान्धीसँग विवाहको हल्लाले कंगना आक्रोशित

भनिन्, ‘राजनीतिमा महिलाको गरिमा रहेन’
मङ्गलबार, २२ वैशाख २०८३, ०९ : ३९
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • बलिउड अभिनेत्री तथा सांसद कंगना रनोटले कंग्रेस नेता राहुल गान्धीसँग विवाहको हल्ला फैलाइएको भन्दै आपत्ति जनाएकी छिन्।
  • सामाजिक सञ्जालमा एक मीम पेजले कंगनाले भाजपामा सामेल भएमा राहुल गान्धीसँग विवाह गर्ने भनी आपत्तिजनक र नक्कली पोस्ट साझा गरेपछि उनले यसलाई घृणित र तल्लो स्तरको कार्य भनेकी छिन्।
  • कंगनाले यस्ता नियोजित झुटले महिला जनप्रतिनिधिको छविमा आँच पुऱ्याउने प्रयास गरेको र राजनीतिमा महिलाका लागि मर्यादा नरहेकोमा दुःख व्यक्त गरेकी छिन्।

मुम्बई । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डीबाट निर्वाचित सांसद कंगना रनोट भारतीय कंग्रेसका नेता राहुल गान्धीसँग आफ्नो विवाहको हल्ला फैलाइएपछि निकै आक्रोशित बनेकी छिन्।

सामाजिक सञ्जालमा एक मीम पेजले राहुल र कंगनाको नाम जोडेर एउटा आपत्तिजनक र नक्कली पोस्ट साझा गरेपछि उनले आपत्ति जनाएकी हुन्। उक्त पोस्टमा कंगनाले ‘यदि राहुल गान्धी भाजपामा सामेल भएमा म उनीसँग विवाह गर्न तयार छु’ भनेर बोलेको दाबी गरिएको थियो।

आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा उक्त नक्कली पोस्टको स्क्रिनसट राख्दै कंगनाले यसलाई अत्यन्तै ‘घृणित र तल्लो स्तरको’ कार्य भनेकी छिन्। उनले राजनीतिमा पनि अब महिलाका लागि कुनै मर्यादा र गरिमा बाँकी नरहेको भन्दै दुःख व्यक्त गरेकी छिन्।

यस्तो अफवाह फैलाउनेहरूलाई लाज मान्नुपर्ने सुझाव दिँदै कंगनाले यस्ता ओछा हर्कतहरूलाई आफूले किमार्थ नजरअन्दाज नगर्ने चेतावनीसमेत दिएकी छिन्। कंगनाका अनुसार यो पूर्ण रूपमा नियोजित झुट हो, जसले महिला जनप्रतिनिधिको छविमा आँच पुऱ्याउने प्रयास गरेको छ।

राजनीतिक व्यस्तताका बावजुद कंगना आफ्नो अभिनय करियरलाई पनि निरन्तरता दिने तयारीमा छिन्। कार्यक्षेत्रको कुरा गर्दा उनी चाँडै नै आफ्नो सुपरहिट फिल्म ‘क्वीन’ को सिक्वेलमा देखिनेछिन्। फिल्मका निर्देशक विकास बहलले ‘क्वीन २’ का लागि तयारी तीव्र पारेका छन्।

सांसदका रूपमा मन्डी क्षेत्रको जिम्मेवारी र अभिनयबीच सन्तुलन मिलाउनका लागि कंगनाको व्यस्त कार्यतालिकालाई ध्यानमा राख्दै निर्माण पक्षले तीन महिनाको सेड्युल तयार गरेको बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप